गतिविधि

शुभकामना !!

असल प्रभाव र निरन्तरताका लागि
शुभकामना  ः तारानाथ रानाभाट
वि. सं. २००७ साल भन्दा अघिको नेपालमा १०४ वर्षसम्म जहानीया हुकुमी शासन थियो । नीरंकुस राणा र उनका भाई— भारदार,आसे —पासे, सामन्त र फटाहाको अमानवीय दमन,शोषण, अन्याय र अत्याचार सहेर दयनीय जीवन वाँच्न विवस थिए जनता । चेतना र जागरणशुन्य दास वनाईएका नेपालीले शिरठाडो पारेर स्वतन्त्रता पूर्वक बाच्न पाउँदैनथे । वेठ वेगार , झरा—टण्टा वेहोर्नु अनिवार्य थियो । ज्याला मजदुरी , खाजा—पानी नपाएर अहोरात्र ठुलावडा भनाउँदाहरुको काममा खटनुपथ्र्यो । पढनु लेख्नु त परै जावस दुईजना सँगै वसेर भलाकुसारी गर्न पनि वन्देज थियो । यसरी चरम गरीवी र पछौटेपन ले ग्रस्त नेपालीलाई स्वतन्त्र र अधिकार संपन्न नागरिक वनाउने ,कैदखाना वनाएको देशलाई स्वतन्त्र विश्वको सम्मानित र सार्वभौम राष्ट्र वनाउने समय आईसकेको थियो । जनताले आफ्नो शासन आफैं गनर्,े आफ्नो भाग्य र भविष्यको निर्माण आफैगर्ने, देशको राजनीतीक , आर्थिक — सामाजिक रुपान्तरणको प्रकृयामा जनताको स्वत ः स्फूर्त सहभागिता रहने , जनताले छानेका प्रतिनिधिद्वारा उत्तरदायी सरकार वनाई कानुनको शासन प्रारम्भ गर्ने उद्देश्यले राणा शासन को अन्य अनिवार्य थियो ।
समाजमा व्याप्त अनेक कुरीती भेदभाव , छुवाछुत , थिचोमीचो जस्ता हेपाहा प्रवृत्ति हटाउने,समानता र सहयोग को भावना , साम्प्रदायिक सदभाव,धार्मिक सहिष्णुताको राष्ट्रिय भावधारा निर्माणगरी सम्पूर्ण नेपालीलाई एकतावद्ध गराउने अभियान आवश्यक थियो ।
भूपरिवेष्ठित देशको संवेदनशीलता,रणनीतिक महत्व र विकाश निर्माणका चुनैतीलाई वुझेर राष्ट्रिय एकता , दिगोशान्ति र स्थिर सरकारका लागि जनस्तरवाटै उठेको नेतृत्व आवश्यक थियो ।त्यसैले राष्ट्रियता , प्रजातन्त्र र समाजवादका आर्दस ,सिद्धान्त,मूल्य मान्यतामा आधारित वहुदलीय शासनप्रणाली अंगिकार गरी जनतालाई सार्वभौम सत्ताका मालिक र राज्य शत्तिका श्रोत मानेर नयाँ यूगको प्रारंभ गर्ने महान उदेश्यले , श्री वी.पी. कोईरालाले आफ्ना सहयोगी साथीहरुसंग मिलेर नेपाली काँग्रेस पार्टी गठन गर्नुभयो र राणा शासन विरोधि क्रान्तिको विगुल फुक्नुभयो । नेपाली जनता को सदभाव र सहयोगले क्रान्ति सफल भयो । राणा शासन ढल्यो । प्रजातन्त्र स्थापना भयो । तर राजनीतिक स्थिरता दिईएन । सामान्तहरू, देशी विदेशी शतिm केन्द्रहरुले खेले ।
अहिले पनि स्वयं नेपाली कांग्रेस र यस पार्टीका तमाम नेता कार्यकर्ताले वीपीका ती समयसापेक्ष र जनभावनामैत्री विचारहरुलाई विर्सेझै लाग्दछ । नेपाललाई विश्व समुदायको सम्मानित सदस्य, शान्त,सुस्थिर र समृद्ध राष्ट्र बनाउने हो भने राष्ट्रियता,प्रजातन्त्र र समाजबादका सिद्धान्तलाई राष्ट्रियएकता र मेलमिलापको आधारमा मजबुत र परिणामदायी वनाउने अभियान आवश्यक छ । आफ्नो हैसियत,कार्यक्षमता र जिम्मेवारी अनुरुप सवैले इमानदारीकासाथ क्रियाशील रहनु पर्छ । यो पुनीत उदेश्य प्राप्तगर्न वीपी विचार समाजले प्रकाशित गर्न लागेको अनलाईन पत्रिका वी.पी विचार डट कमले सबै लाई प्रेरणा देओस भन्दै पत्रिकाको लोकप्रियता व्यापक र दीर्घजीवी बनोस भन्ने शुभकामना व्यतm गर्दछु ।
जय नेपाल ।

nema
Show More

Related Articles

Back to top button