समाज

प्रर्दशनका लागि निश्चित सात स्थान

काठमाडौं । काठमाडौंका सात निश्चित स्थानमा मात्रै प्रदर्शन गर्न पाईने भउको छ । सरकारले सार्वजनिक कार्यक्रम एवं प्रर्दनका लागि खुलामञ्च, तीनकुने खुलाचौर, भुईंखेल चौर ,भगवान पाउ , पेप्सीकोला खुलामैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला मैदान र सिफल चौर गौशालामा तोकिदिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं जिल्ला सुरक्षा समितको बैठकले कार्यक्रम र प्रदर्शनका लागि यी सात स्थाल तोकेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार वैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शन गर्न पाइने जानकारी शर्माले दिए।
यस अघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह प्रशासन सुधार कार्ययोजनाको बुँदा ३१ मा विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्ने र तोकिएको स्थानमा मात्रै प्रदर्शन गर्न पाउने उल्लेख गरेका थिए।

nema
Show More

Related Articles

Back to top button