समाचार

अरुण तेस्रो जलविद्युत कार्यालयमा बम विस्फोट

बैशाख १६÷अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी स्थित तुम्लिङटारमा रहेको कार्यालयमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति साढे १२ बजे बम विस्फोट भएको र त्यसबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको जनाएको छ ।
राति कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति नभएको इन्स्पेक्टर वेदप्रसाद गौतमले जानकारी दिनुभयो । घटनालगत्तै सुरक्षा सतर्कता अपनाएइको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button