समाचार

‘बुद्ध नेपालमै जन्मिएका हुन’ भन्ने सन्देशसहित स्वीडेनमा विशाल ¥याली

काठमाडौं, बैशाख १६ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्वीडेनले बुद्ध जयन्ती धुमधामका साथ मनाएको छ ।
प्रत्येक बर्ष मनाउँँदै आएको बुद्ध जयन्ति यसपाली पनि स्वीडेनवासी नेपाली तथा विदेशीहरुको बाक्लो सहभागितामा विशेष कार्यक्रमको आयोजना गरेको एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।
समरोहमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने नाराका साथ बुद्धको तस्विर, ब्यानरसहित राजधानी स्टकहोल्मको सेन्टर क्षेत्र परिक्रममा गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गरेका छन् ।
सो अवसरमा नेपालका पर्यटकीय स्थलहरु सुन्दर र शान्त रहेको भन्दै विदेशीहरुलाई नेपाल घुम्न सन्देश प्रवाह गरिएको थियो ।
कार्यक्रममा संसारभरी बाट नेपाल घुम्न जान बिदेशीहरुलाई अनुरोध तथा प्रोत्साहन गरिएको थियो ।
समारोहमा रेडियो नेपालका प्रस्तोता तथा एनटिभीका संचालक तथा बरिष्ट पत्रकार लक्ष्मण हुमागाईको समेत उपस्थिति रहेको थियो ।
परिस्थितिका कारण दुई दिन अगाडि नै बुद्ध जयन्ती मनाउन परेको भन्दै गैर आवासीय नेपाली संघ स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले आभार प्रकट गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button