समाचार

भारतले कन्जुस्याँई ग¥योः प्रधानमन्त्री ओली

बुटवल, बैशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाललाई एउटा मात्र आकाश मार्ग प्रयोग गर्न दिएर कन्जुस्याँई गरेको बताएका छन् ।
प्रदेश नम्बर ५ को संसदलाई आइतबार सम्बोधन गर्दै अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि अधिकार दिन भारतले कञ्जुस्याइँ गरिरहेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।
भारतले आकाशबाट एउटामात्रै बाटो दिएकाले वीरगन्जबाट सिमरा परेर त्यतैबाट पस्ने र निस्कनुपर्ने अवस्था रहेको प्रधानमन्त्रीको ठम्याई छ ।
भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिएर विमान चलाइने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
भारत भ्रमणका समयमा आफूले भारतलाई अरु आकाश मार्ग पनि दिन भनेको उनले सम्बोधनमा बताएका छन् ।
नेपालले काठमाडौं बाहिर पोखरा, भैरहवा र निजगढमा तीनवटा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउँदै गरेपनि विमानस्थलमा उडान–अवतरणका लागि भारतले आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दा उडान कसरी गर्ने भन्ने समस्या परेको प्रधानमन्त्री ओलीको कथन छ ।
यसैगरी प्रधानमन्त्री ओलीले अधिकार प्राप्तिका लागि जनताले गर्ने संघर्ष सकिएको उनले बताए ।
सांसदहरुलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै चरणका आन्दोलन हुँदै मुलुक गणतन्त्रमा पुगिसकेकाले अब विकास र समृद्धिमा लाग्नुको विकल्प नरहेको उल्लेख गरे ।
अहिलेको संविधानले सबै समुदायलाई मूलधारमा ल्याएको जिकीर गर्दै उनले यो विश्वकै लागि नमूना भएको दावी गरे ।
यसैबीच, लुम्बिनी शान्तिको उद्गम थलो भएकाले यहीबाट समृद्ध नेपालको अभियान थाल्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई आह्वान गरेका छन् ।
लुम्बिनीलाई संसारकै आराध्य पर्यटन केन्द्र बनाइने घोषणा गर्दै उनले समग्र पर्यटन क्षेत्र विकासका लागि सरकारले महत्वपूर्ण योजना थालनी जिकिर गरे ।
हेलिकप्टरमा बुटवल झरेका ओलीलाई मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा भएका अरु तीन कार्यक्रममा पनि उपस्थिति जनाएका थिए ।

nema
Show More

Related Articles

Back to top button