समाचारविश्व

जनकपुर उत्रेपछि मोदीले दुई दिनसम्म के के गर्नेछन्?

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने भ्रमणका लागि शुक्रबार नेपाल आउने भएका छन्।
जनकपुरमा शुक्रबार बिहान ९:१५ मा अवतरण गर्ने मोदीको दुईदिने कार्यतालिका यस्तो छ:
बैशाख २८ गते शुक्रबार
बिहान ९:१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
९:३०– जानकी मन्दिरमा पूजा।
१०:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान।  नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।
४:००– गार्ड अफ अनरका लागि चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६:००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।
बैशाख २९ गते शनिबार- बिहान ६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
८:३०– मुक्तिनाथमा पूजा।
१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
११:३०– होटल हायात प्रस्थान।
२:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान। भारतीय वायुसेवाको जहाजमा स्वदेश फिर्ता।
बैशाख २६, २०७५ मा प्रकाशित
nema
Show More

Related Articles

Back to top button