समाचार

सरकारले नीति तथा कार्यक्रम आगामि सोमवार ल्याउने ।

काठमाडौं, जेठ १ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आगामी सोमवार आर्थात जेठ ७ गते ल्याउने भएको छ ।
उक्त प्रयोजनका लागि संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ ।
सो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको दावी पनि गरिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button