समाचारसंस्था गतिबिधी

वीपी विचार समाजको भेला सम्पन्न

धनुषा , जेठ १९ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा वीपी विचार राष्ट्रिय समाजको प्रथम भेला सम्पन्न भएको छ । समाजका धनुषा जिल्ला सदस्य राममणि कुशवाहाको अध्यक्षता तथा जनकपुर उपमहानगरपालिकाका पूर्व मेयर तथा नेपाली काँग्रेसका नेता बजरंग प्रसाद साहको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
भेलामा विशिष्ट अतिथिका रुपमा समाजका धनुषा जिल्ला सभापति सुरेश कोइराला हुनुहुन्थ्यो । शनिवार सम्पन्न भेलाले निरज कार्कीको सभापतित्वमा वीपी विचार राष्ट्रिय समाजको २१ सदस्य बटेश्वर गाउँपालि समिति गठन गरेको छ ।
भेलालाई उदघाटन गर्दै प्रमुख अतिथि पूर्व मेयर बजरंग प्रसाद साहले वीपीको विचार नेपाली काँग्रेसको आत्मा रहेको बताउनुभयो । पार्टी वीपीको विचारबाट विचलित भएकाले कमजोर भएको विचार व्यक्त गर्नुभयो । साहले अहिले पनि पार्टी भित्र गुटउपगुट र स्वार्थको राजनीति छाडेर वीपीको विचारमा अघि बढे काँग्रेस बलियो पार्टीको साथै देश र जनता समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै भेलाका विशिष्ट अतिथि एवं समाजका धनुषा जिल्ला सभापति सुरेश कोइरालाले समाज उत्थानको एक मात्र विकल्प वीपीको विचार भएको बताउनुभयो । वीपीको विचार बिना काँग्रेस र देशको कल्याण नहुने बताउँदै कोइरालाले वीपीको विचारलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । कोइरालाले वीपी बिचार राष्ट्रिय समाजको तर्फबाट पार्टी भित्रको विकृति हटाउन र पार्टीभित्रको द्धन्द अन्त गरेर एक ढिक्का पार्न आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुृभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका विजय चौधरी , गंगा प्रसाद महतो , नेविसंघका राकेश दास ,बटेश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष शैलेन्द्र महतो र वडा ५ का अध्यक्ष शिवकरण यादव समेतले आ आफ्ना धारणा राख्नुभएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button