समाचार

कालिमाटीमा कृषिमन्त्रीको अनुगमन

२१ जेष्ठ, काठमाडौ÷
कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गर्नुभएको छ । कालिमाटी तरकारी बजारमा कैयन विकृति रहेको गुनासोका बीच मन्त्री खनालले आज अनुगमन गर्नुभएको हो ।
कृषिराज्यमन्त्री रामकुमारी चौधरी,मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित आज बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ सोध्नुभएको थियो ।
अनुगमनपछि मन्त्री खनालले बजार व्यवस्थित गर्न कालिमाटी बजार व्यवस्थापन समितिलाई निर्देशन दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button