समाचार

सुन काण्डमा माछा मार्ने क्रम जारी छ ः गृहमन्त्री थापा

२३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुनकाण्डमा माछा मार्ने क्रम जारी रहेको बताउनुभएको छ ।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एक पछि अर्को पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको बताउनुभयो ।
‘माछा मार्न क्रम जारी छ । साना र मझौला माछा परेका छन्’
गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताउनुभएको हो । ‘हिजो पनि एउटा माछा परेको छ । माछा मार्ने क्रम जारी छ ।’ उहाँले भन्नुभयो ।

nema
Show More

Related Articles

Back to top button