समाचार

दाताको सहयोगमा प्रशिक्षण दिनु लाजमर्दोः रामनारायण विडारी

२४ जेष्ठ, काठमाडौ÷ सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का सांसदलाई दिईएको प्रशिक्षणका बारेमा सासंसदहरुले सांसदहरुले विरोध जनाएका छन् । सांसदलाई तालिम शीर्षकमा बजेट भएपनि दाताको खर्चमा प्रशिक्षण दिइनु लाजमर्दो काम भएको गलत नजीर स्थापना गर्ने काम भएको भन्दै सांसदहरुले विरोध जनाएका हुन् ।
 
राष्ट्रियसभाका सांसद रामनारायण विडारीले संसद सचिवालय तथा सभामुखले सासदहरुलाई आफ्नै लगानीमा कार्यक्रम गरिएको भन्दै ढाटेको गुनासो गर्नुभयो । अपारदर्शी र राज्यको नियन्त्रणबाहिर रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेका कार्यक्रम सांसदले बहिस्कार गर्न सक्ने भएकाले आयोजकले ढाटेका हुनसक्ने सासद विडारीको भनाई थियो । विदेशी लगानीबाट सांसदलाई तालीम दिएर कानुन निर्माणमा विदेशीप्रती मानशिक रुपमा प्रभाव पार्ने काम भएको सासद विडारीको आरोप थियो ।
संसद् सचिवालयले दातृनिकायको नाम लुकाउदै आफ्नै आयोजनामा भन्दै ढाकछोप गर्दै हिजोदेखि दुर्ई दिने प्रशिक्षण थालेको हो । संसदीय प्रक्रियाबारे प्रशिक्षण आयोजक संसद् सचिवालय भनिए पनि सम्पूर्ण खर्च यूएनडीपीले बेहोरेको छ ।

nema
Show More

Related Articles

Back to top button