समाचार

संघीय संसदको बैठक आज बस्दै

३ असार काठमाडौैँ÷संघीय संसदको सयुक्त बैठक आज अपरान्ह चार बजे बस्दैछ । आज बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ पारित गर्ने कार्यसूची छ । गत सोमबार नै पारित गर्ने तयारी गरिए पनि बैठक बस्न नसकेपछि आजलाई सारिएको थियो । मन्त्रिपरिषदको बिहीबार राति अबेर सम्पन्न बैठकले संयुक्त बैठक आहृवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आज नै दुवै सदनको अलग अलग बैठक विहान ११ बजे बस्ने जनाइएको छ । बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरुमाथि छलफल जारी रहनेछ ।

nema
Show More

Related Articles

Back to top button