समाचार

सप्तकोशीमा डोजर बोकेको ट्रक खस्दा , दुईको मृत्यु

६ असार, काठमाडौं । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।
२ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button