समाचार

प्रतिनिधिसभामा आज विनियोजन विधेयकमाथि छलफल हुँदै

१० आषाढ, काठमाडौैँ÷ प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज सकिदैछ । अपरान्ह २ बजे बस्ने बैठकमा बाँकी रहेका मन्त्रायलगत शिर्षकमाथि विनियोजित बजेटमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई, गृह र परराष्ट्र मन्त्रीहरु समेत चीन भ्रमणमा गएकाले ती मन्त्रालयमाथिको छलफल बाँकी छ । प्रधानमन्त्री ओली सहितको टोली आज बिहान काठमाडौं आइपुग्ने भएपछि दिउँसो बस्ने बैठकमा बाँकी रहेका मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयमाथि छलफलको कार्यसूची छ । छलफलका क्रममा सांसदहरुको जिज्ञासामाथि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । सरकारले आगामी आर्थिक वर्ष सुरु हुनु अगावै पूर्ण बजेट पारित गर्ने तयारी गरेको छ ।

nema
Show More

Related Articles

Back to top button