समाचार

विश्वेश्वरप्रसाद कोइरालाको ३६ औैँ स्मृति दिवस भब्य रुपमा मनाइने

३१ आषाढ, काठमाडौैँ÷ वी.पी विचार राष्ट्रिय समाजले जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३६ औैँ स्मृति दिवस भब्य रुपमा मनाउने भएको छ । श्रावण ६ गते दिउँसो १ बजे राजधानी काठमाडौैँको बानेश्वर ब्याङ्क्वेटमा कोइरालाको स्मृति दिवस भब्य रुपमा मनाउन लागिएको समाजले जनाएको छ ।
जननायक कोइरालाको स्मृति दिवसको उपलक्ष्यमा ‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला भाग —२’ पुस्तक विमोचन समेत हुने वी.पी विचार राष्ट्रिय समाजका सभापति के.पी गुरुङले जानकारी दिनुभयो । पुस्तक विमोचन नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले गर्ने कार्यक्रम रहेको छ । दिवसमा सहभागि हुने सबैलाई वी.पी कोइरालाको विभिन्न विधा समेटिएको एक प्रति पुस्तक निशुल्क रुपमा उपलब्ध गरिने  छ ।

nema
Show More

Related Articles

Back to top button