समाचार
सन् २०१७ को जुनमा ५५ हजार ९ सय ५६ पर्यटक नेपाल आएको तथ्यांक
काठमाडौं, २ साउन
अफसिजन मानिने महिना पनि पर्यटक आगमन उत्साहजनक
अंग्रेजी वर्ष २०१८ को पहिलो ६ महिनामा ५ लाख २० हजार १४ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्ष २०१७ को सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो । विभागका अनुसार जुन महिनामा मात्र ६५ हजार १ सय ५९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१७ को जुनमा ५५ हजार ९ सय ५६ पर्यटक नेपाल आएको तथ्यांक छ ।
नेपालले पर्यटकीय आगमनका दृष्टिकोणबाट अफ सिजन मानिने महिनामा पनि निरन्तर पर्यटक भित्र्याउने कार्यक्रम जारी राखेका कारण यस वर्ष हरेक महिनामा पर्यटक बढिरहेको नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी बताउँछन् । ‘हामी भारत र चीनबाट नेपालमा अफ सिजन मानिने महिनामा पनि बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यसहित काम गरिरहेका छौँ,’ उनले भने, ‘यसबाट केही सकारात्मक नतिजा देखिन थालिसकेको छ ।’
अकस्मात् बढे बंगलादेशी पर्यटक
जुन महिनामा बंगलादेशबाट नेपाल आउने पर्यटक अकस्मात बढेको पाइएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१७ को जुन महिनामा ३ जना मात्र बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१८ को जुन महिनामा भने १ हजार ८ सय ५० बंगलादेशी नेपाल आए । यसबाहेक भारत र चीनका पर्यटकको संख्यामा पनि सकारात्मक वृद्धि देखिएको छ । यस महिनामा भारतबाट १९ प्रतिशत, चीनबाट ३४.१ प्रतिशत र संयुक्त राज्य अमेरिकाबाट १५.३ प्रतिशत पर्यटक नेपाल आएका छन् ।
मासिक २० प्रतिशत वृद्धि कटाउने लक्ष्य
अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गरिरहेको नेपाल पर्यटन बोर्ड बाँकी ६ महिनामा कम्तीमा २० प्रतिशत पर्यटक बढाउने लक्ष्यमा छ । ‘अब अफ सिजन मानिने महिनामा कम्तीमा २० प्रतिशत वृद्धि कटाउन सकिने देखिएको छ,’ सिइओ जोशी भन्छन्, ‘त्यसबाहेक मुख्य पर्यटकीय सिजनमा गुणस्तरीय र खर्चालु पर्यटक ल्याउन जोड दिनेछौँ ।’
वाइडबडीप्रति अपेक्षा
पहिलो ६ महिनामा देखिएको पर्यटक आगमन र वृद्धिलाई पर्यटन व्यवसायीहरूले प्राकृतिक वृद्धि मानेका छन् । ‘यो नियमित प्रकारको वृद्धि हो,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष डिबी लिम्बू भन्छन्, ‘यो वर्ष ठूल्ठूला काम गरेरभन्दा पनि भएकै स्रोत–साधनको अधिकतम उपयोग गरी बढी पर्यटक भित्र्याउन सकिन्छ ।’
उनका अनुसार नेपाल एयरलाइन्सले हालै भित्र्याएको वाइडबडी जहाजलाई मुख्य पर्यटकीय गन्तव्यबाट पर्यटक ल्याउने प्रयोजनमा उडाउन सकियो भने बाँकी ६ महिनामा २/३ लाख पर्यटक अतिरिक्त बढाउन सकिने सम्भावना छ । नेपाल वायुसेवा निगमले हालै भित्र्याएको एक वाइडबडी जहाजले यसै महिनाबाट व्यावसायिक उडान थाल्दै छ । दोस्रो जहाज पनि साउन महिनाभित्रै नेपाल ल्याइसक्ने योजना निगमको छ ।
के भन्छन् सरोकारवाला ?
भारत र चीनमै केन्द्रित छौँ
दीपकराज जोशी
सिइओ, नेपाल पर्यटन बोर्ड
भारत र चीन नै नेपालका मुख्य पर्यटन बजार हुन् । यहाँबाट कसरी बढी पर्यटक ल्याउने भन्नेमै केन्द्रित छौँ । अब हरेक महिना कम्तीमा २० प्रतिशत पर्यटक आगमन बढाउन सकियो भने हामी लक्ष्यमा सफल हुनेछौँ । प्रवद्र्धनका काममा कुनै कमी हुन दिनेछैनौँ ।
भएका संयन्त्रलाई अधिकतम उपयोग गरौं
डिबी लिम्बू
पूर्वअध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)
अब, बाँकी ६ महिनामा सरकारले ठूल्ठूला पूर्वाधार बनाउन सक्दैन । अन्य प्रवृत्तिमा रातारात परिवर्तन हुने सम्भावना पनि छैन । तर, भएकै संयन्त्रलाई अधिकतम उपयोग गर्न सक्ने सम्भावना छ । नेपाल एयरलाइन्सको एयरबसलाई पर्यटक लक्षित गन्तव्यमा उडाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घन्टा उडान समयलाई उपयोग गरी रातको स्लट सस्तोमा दिएर वायुसेवा कम्पनीलाई आकर्षित गर्नेजस्ता उपायमार्फत पर्यटक बढाउन सकिन्छ ।