समाचार

अन्तत नेपाली जनताको जित भयो ः काँगे्रस

११ साउन, काठमाडौं । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको नौबुँदे सहमति नेपाली जनताको जित भएको बताएको छ ।
संसदको शुक्रबारको बैठकको सुरुमै सम्बोधन गर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सरकार र केसीबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका हुन । नौबुँदे सहमतिलाई संसदको सम्पत्ति बनाउनसमेत उनले माग गरे ।
डा. केसी, विपक्षीहरुले चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन आग्रह गर्दा सरकारले नसुनेको स्मरण गर्दै अन्त्यमा दम्भ र अहंकारको सिंहासनमा बस्नेहरु जनताका सामुन्ने झुक्न बाध्य हुनुपरेको बताए ।

nema
Show More

Related Articles

Back to top button