समाचार

देशमा बल्ल श्री ३ को सरकार आयो ः पशुपतिशमशेर राणा

१६ साउन, काठमाडौं । राप्रपा प्रजातान्त्रिका अध्यक्ष पशुपतिशमशेर राणाले देशमा श्री ३ को सरकार आएको दावी गरेका छन् । उनले आफू राणा प्रधानमन्त्री मोहनशम्शेरको नाति भएको स्मरण गर्दै यो देशमा बल्ल श्री ३ आएको बताएका हुन ।
काठमाडौंमा सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रममा संबोधन गर्दै उनले वर्तमान सरकारले गठन भएको ५ महिनामै आफ्नो असली तानाशाही रुप देखाएको टिप्पणी गरे ।
जनतालाई समृद्धिको सपना देखाएर भोट बटुलेको सरकार जनमत विरुद्ध लागेको आरोप लगाउँदै अध्यक्ष राणाले अहिलेकै रबैया रहे केपी शर्मा ओली नेतृत्वमा रहेको कम्युनिस्ट सरकारको जग हल्लिने चेतावनी दिए । उनले स‌ंसदीय सुनुवाई समितिबाट प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्नुपर्ने माग गरे ।

nema
Show More

Related Articles

Back to top button