समाचार

विश्वकै सुविधासम्पन्न जेल भएको अफ्रिकन देश — जसले लैजान चाहान्छ नेपाली कामदार

१८ साउन, काठमााडौैँ÷अफ्रिकी मुलुक सेशेल्सले गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटुजी) प्रक्रियाबाट कामदार लैजान नेपाल सरकारसँग प्रस्ताव गरेको छ । अफ्रिकाको सबैभन्दा सानो देश सेशेल्सले जीटुजीका लागि एमओयू गर्न प्रारम्भिक मस्यौदा पठाइसकेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । सेशेल्सले त्यहाँका जेलहरुमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सुरक्षा गार्ड लैजान प्रस्ताव गरेको मन्त्रालयका प्रवक्ता दीपक दाहालले बताउनुभयो । सेशेल्सका जेलहरु विश्वकै सुविधायुक्तको सूचीमा समावेश छन् । सुरक्षाको मामिलामा नेपालीहरु बहादुर हुने विश्वब्यापी सन्देशकै कारण सेशेल्सले आफ्ना जेलहरुको सुरक्षा जिम्मा नेपालीलाई दिन खोजेको मन्त्रालयका अधिकारीहरुले बताएका छन । सेशेल्स ११५ वटा स–साना समुन्द्री टापु मिलेर बनेको देश हो । व्यक्तिगत प्रयासमा थोरै संख्यामा नेपाली कामदार रोजगारीका लागि त्यहाँ पुग्ने गरेका छन् ।
 

nema
Show More

Related Articles

Back to top button