breakingसमाचारनेपाली कांग्रेस

नेपालको पहिलो संसदका विपक्षी दलका नेता भरत शम्शेरको निधन

२७ साउन, काठमाडौैँ÷ नेपालको पहिलो संसदको विपक्षी दलका नेता भरत शम्शेर राणाको निधन भएको छ । गएराति भारतको कलकत्ता स्थित आफ्नै निवासमा ९० वर्षीय राणाको निधन भएको हो ।
उनको सुतेको अवस्थामा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाल गोरखा परिषद्का संस्थापक महासचिव राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनको शव अस्पताल बुझाइने भएको छ । उनले दाहसंस्कारमा आफूलाई विश्वास नभएकोले मृत्युपछि शव अस्पताललाई बुझाउन भन्दै छोराछोरीलाई पत्रमार्फत आग्रह गरेका थिए । उनको शव कलकत्ताको अस्पताललाई बुझाइने भएको छ ।
२०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विना शर्त नेपाली कांग्रेसमा विलय गराएका थिए । भरत शम्शेरका भाइ सागर शम्शेर जबरा नेपाली कांग्रेसका पुराना नेता हुन् । उनी पछिल्लो समय राजनीति भन्दा लेखनमा सक्रिय छन् भने उनका भतिजा उदय शम्शेर राणा कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

nema
Show More

Related Articles

Back to top button