breakingसमाचार

भरतसम्शेरको निधनमा कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही साउन २७, २८ र २९ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने भएको हो ।
भोलि सोमवार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औँ दिन आगामी भदौ ६ गते केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
राणाको शनिबार ९० वर्षको उमेरमा उनकै निवास कोलकातामा निधन भएको थियो ।
राणा २०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता थिए । राणाले वि।संं २००७ सालमा भने तत्कालीन गृहमन्त्री वीपी कोइरालाको हत्या गर्न खोजेको आरोपमा जेल सजायँ पाएको थिए ।
स्वर्गीय राणाले लोकतन्त्र र गणतन्त्र मार्फत समाज परिवर्तन गर्न सकिन्छ भनेर पुर्‍याएका योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले विज्ञप्तीमा जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button