breakingसमाचार

सरकारसंग काँगे्रस असन्तुष्ट,- ‘प्रेस कुण्ठित गर्ने प्रावधान संशोधन हुनुपर्छ’

४ भाद्र, काठमाडौैँ÷प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकी अपराध (संहिता ऐन २०७४— का कतिपय प्रावधानले विचार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई प्रभावित पारेको ठहर गर्दै तत्काल संशोधन गर्नुपर्ने धारणा अघि सारेको छ ।
दफा २९३ देखि ३०८ सम्मको गोपनीयताविरुद्धको कसुरसँग जोडिएका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने खालका भएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने काँगे्रसले बताएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रेसको शिरमाथि तरबार राख्ने काममा कांग्रेसको समर्थन हुन नसक्ने उल्लेख गरे  । उनले कांग्रेस नेतृत्वको सरकारकै पालामा विधेयक पारित भए पनि त्यस्तो प्रावधान ल्याइनु आफ्नै पार्टीको समेत कमजोरी रहेको स्वीकार गरे ।
लापरबाहीबाट कुनै बिरामीको मृत्यु भएमा उपचार गर्ने चिकित्सकलाई जन्मकैदसम्मको सजाय हुने प्रावधानको दुरुपयोग हुन सक्ने उल्लेख गर्दै मुलुकभरका चिकित्सकले विरोध जनाइरहेका बेला कांग्रेसले संहिता संशोधनको माग गरेको हो ।
कांग्रेसले सरकार राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धि यात्रा र न्यायालयको मुद्दामा चुकेको निष्कर्ष निकालेको छ । यस्तै, संघीयता असफल बनाउने प्रयत्न सरकारबाटै भएको आरोपसमेत कांग्रेसले लगाएको छ ।
कांग्रेसले स्थानीय तहले लिने कर व्यवस्थित बनाउन पनि सरकारसँग माग गरेको छ । स्थानीय तहले जथाभावी कर संकलन गर्न थालेको विषयमा चौतर्फी विरोध हुन थालेपछि आफ्नो पार्टीबाट विजयी स्थानीय तहका प्रमुख, उपप्रमुखलाई भदौ ११ गते प्रशिक्षण दिने जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button