समाचार

प्रधानन्यायधीश र अख्तियार प्रमुख बिहिवार छानिदै

काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ। यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि संवैधानिक परिषदको बैठक आज बस्न लागेको हो ।
अघिल्लो साता परिषदको बैठक सरकारले बोलाइए पनि विपक्षी दलको नेता एवं काँगे्रस सभापति शेरबहादुर देउवा विदेश उपचारका लागि जाँदा संवैधानिक वैठक स्थगीत भएको थियो। देउवा आइतबार स्वदेश फर्किसकेका छन्।
देउवा फर्किएपछि परिषदको बैठक आज (बिहिवार) दिउँसो ४ बजेलाई बोलाइएको हो।
भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्ये एकको सिफारिस हुनेछ।
न्यायाधीश हुनका लागि संविधानले तोकेको ३ वर्ष सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा रही कार्य गरिसकेको हुनुपर्ने योग्यता दुवैको पुगेको छ।
उता अख्तियारको प्रमुख आयुक्तका लागि पनि धेरै आकांक्षीहरु रहेका छन् । हाल कार्यवहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, र बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षत्री प्रतिस्पर्धामा रहेका छन् । लोकमानसिंह कार्कीका अस्वभाविक बर्हिगमन पछि दीप बस्नेत प्रमुख आयुक्त भएका थिए । गत फागुनदेखि कार्यवहाकको भरमा आयोग चलिरहेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामखु, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button