समाचारसमाज

बलात्कारमा मृत्युदण्डको कानून बनाउन राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्छ ः शेरबहादुर

८ भदौ, काठमाडौं । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने माग गरेका छन् ।
शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने उल्लेख गरे ।
कतिपय अपराधमा नेपालमा मृत्युपर्यन्तको सजाय व्यवस्था भए पनि बलात्कार र भ्रष्टाचारमा भने मृत्युपर्यन्तले पनि नपुग्ने उनले बताए ।
कानूनहरु दण्ड दिनका लागि मात्र नभई समाजमा जानकारी गराउन पनि बनाइने भन्दै उनले भने ‘कानून कसैलाई दण्ड दिनमात्र होइन अरुलाई सिकाउनका लागि पनि हो ।
समाजमा महिलालाई आमाको नजरले हेर्न सकेमा महिला हिंसाको घटना धेरै कम हुने भन्दै पूर्वमन्त्री तामाङले महिलालाई हेर्ने समाजको विकृत मनस्थितिका कारण पनि समस्या भएको जिकिर गरे ।

nema
Show More

Related Articles

Back to top button