समाचारसमाज

तिजको दर खाँदा ७० भन्दा बढि बिरामी

बनेपा÷ काभ्रेको पाचँखाल नगरपालिका–१२ कासकोटमा तीज कार्यक्रममा सहभागी भई दर खाएका ७० भन्दा बढी महिला र बालबालिका बिरामी भएका छन् । शुक्रबार ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रममा दर खाएका महिला र बालबालिका ‘फुड प्वाइजन’का कारण बिरामी परेको काभे्र प्रहरीले जनाएको छ ।
बिरामीहरुको पाँचखाल मेडिकल, धुलिखेल अस्पताल, बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिएका छन्। केही बिरामी उपचारपछि घर फर्किएको र अन्यको उपचार भएरहेको प्रहरीले जनाएको छ। तीज कार्यक्रममा करीब दुई सय भन्दा बढीले खाना खाएको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button