नेपाली कांग्रेस

दिवंगत काँगे्रस नेता बास्तोलाको आज अन्तेष्टि गरिने

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आइतवार अपराह्न अन्त्येष्टि गरिने भएको छ ।
शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बास्तोलाको पार्थिव शरीरलाई अहिले उनको खुमलटारस्थित निवासमा राखिएको छ । मुख्यसचिव पौडेलका अनुसार, बास्तोलाको शव अपरान्ह १ः३०–४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी छ ।
१४ पुस ०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत भएका थिए ।
२०४८ सालमा भारतका लागि नेपाली राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिए । जननायक विश्वेश्वर कोइरालाले बास्तोलाको प्रशंसा गर्ने गरेका थिए ।
यसैबीच, नेपाली कांग्रेसले मूल्यवृद्धि नियन्त्रणको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाउने आइतबारको कार्यक्रम स्थगित गरेको छ । पार्टी नेता तथा पूर्वमन्त्री बास्तोलाको निधन भएपछि कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो ।

nema
Show More

Related Articles

Back to top button