breakingसमाचार

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ ः डा. शशांक कोइराला

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनमत संग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने अडान दोहो¥याएका छन्।
भरतपुर गणेशधाम निर्माणार्थका आयोजित वृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा।कोइरालाले जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताए ।
नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्ममा स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरेका छन् ।
मंसिर २२ गतेदेखि सुरु भएको वृहत धनधान्याचल महायज्ञमा मंसिर २९ गतेसम्म चल्नेछ । महायज्ञबाट करिव २० करोड रुपैयाँ संकलन लक्ष्य राखिएको छ ।
गणेशधाम निर्माणका लागि करिव ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । गणेशधाम निर्माणका लागि प्रदेश ३ को सरकारले ९० लाख विनियोजन गरेको छ ।

nema
Show More

Related Articles

Back to top button