breakingसंस्था गतिबिधीनेपाली कांग्रेस

नेपाली काँग्रेसले अरुको मुद्धा बोक्नु हुन्न ः नेता लोकेश ढकाल

नेपाली काँगे्रसका नेता लोकेश ढकालले काँगे्रसले आफ्नै मुद्धालाई ध्यान दिनुपर्ने बताएका छन् । राजधानी काठमाडौैँमा शनिवारबाट सुरु भएको महासमिति बैठकलाई लक्षित गदै नेता ढकालले काँगे्रसलाई अरुको मुद्धा बोकेर नहिडन सुझाव दिए । पार्टीलाई सबैको काँगे्रस बनाउनको लागि राष्ट्रियता लगायतका सवालमा पुर्नविचार गर्न आवश्यक रहेकोमा ढकालले जोड दिए  । वीपी विचार डटकमसँग शनिवार कुराकानी गदै उनले महासमिति बैठक फलदायी हुनेमा आशंका ब्यक्त गरे ।
बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ । यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी भएका छन् ।
विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ । महासमिति बैठकमा उक्त प्रतिवेदन छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरिने प्रवक्ता शर्माले बताउनुभयो । त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्द सत्र चल्नेछ । महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ ।
 
नेपाली काँगे्रसका महासमिति सदस्य समेत रहेका लोकेश ढकालको  भनाई  सुन्न यहाँ क्लिक गर्नु होला

 

nema
Show More

Related Articles

Back to top button