breakingसंस्था गतिबिधीवी पी विचारगतिविधिनेपाली कांग्रेस

७ बुँदे प्रतिबद्धतापत्र पारित गदै सकियो वीपी विचार राष्ट्रिय समाजको २ नंवर प्रदेशस्तरीय गोष्ठी

२० पौष, महोत्तरी÷वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशीले नेपाली काँगे्रस सिद्धान्तविहिन बनेको बताएका छन् । शुक्रवार महोत्तरीको बर्दिबासमा आयोजित वीपी विचार राष्ट्रिय समाज २ नंवर प्रदेश स्तरीय विचार गोष्ठीमा प्रमुख अतिथि जोशीले वीपी विचार राष्ट्रिय समाजले काँगे्रसलाई वीपीको विचारमा अग्रसर गराउन घचघच्याउने उल्लेख गरे । वीपीको विचारलाई अबलम्बन गर्न नसक्दा काँगे्रस इतिहासकै कमजोर अवस्थामा पुगेको जोशीले जिकिर गरेका हुन ।
वीपी विचार राष्ट्रिय समाज धनुसाका सभापति सुरेश कोइरालाको संयोजकत्वमा सम्पन्न भएको गोष्ठीमा वीपी विचार राष्ट्रिय समाज ३ नंवर प्रदेशका सभापति खेमराज सेढाईले समाजको उदेश्यवारे प्रकाश पारेका थिए ।
यसैबीच, कार्यक्रममा वीपी विचार प्राज्ञ विभागका संयोजक बासुदेव खनालले नेपाली काँगे्रस विगत, वर्तमान र भविश्य शिर्षकको कार्यपत्र प्रस्तुत गरे ।
छलफलमा वीपी विचार राष्ट्रिय माजका सप्तरीका  सभापति रामकुमार यादव, सिराहा सभापति रामबाबु यादव, महोत्तरीका सभापति कीसाेर  सिँह, सर्लाही सभापति काशिनाथ अकेला, चन्द्रपुर नगरपालिकाका मेयर एवं वीपी विचार राष्ट्रिय समाज रौतहटका सभापति रामचन्द्र चौधरी, वीपी विचार राष्ट्रिय समाज पर्शाका केन्द्रीय सदस्य जनार्दन क्षत्री, केन्द्रीय सदस्य बजरंग शाह, केन्द्रीय सदस्य राजन दाहाल, चन्द्रपुर नगरपालिकाकी उपमेयर बिना चौधरी, २ नंवर प्रदेशका संयोजक चुन्नीशरण यादव आदि सहभागि भएका थिए । कार्यक्रममा ७ बुँदे महोत्तरी प्रतिबद्धतापत्र पारित गदै वीपी विचार राष्ट्रिय समाजको २ नंवर प्रदेश स्तरीय भेला सम्पन्न भएको समाजले जनाएको छ ।
महोत्तरीको ७ बुँदे प्रतिबद्धता यस्तो छ
१.वीपी विचार राष्ट्रियता समाजले राखेको महत्वपूर्ण उदेश्य महामानव विश्वेश्वरप्रसाद कोइरालाका अमर विचार र दृष्टिकोणलाई स्थापित गर्ने कार्यमा प्रतिबद्ध रहनेछौैँ ।
२.संस्थाको जिल्ला र प्रदेश स्तरका संगठन निर्माण र विस्तार गर्ने । २०७५ साल माघ महिनासम्म संस्थाको सदस्यता वितरण नविकरण गर्ने । फागुण महिना भित्र जिल्ला सम्मेलन गरि सक्ने । चैत्र सम्म प्रदेशस्तरीय सम्पन्न गर्ने ।
३.जिल्ला सम्मेलनमा केन्द्रले प्रतिनिधि खटाउने ।
४.जिल्ला तथा प्रदेशहरुको सम्मेलन सकिए पश्चात केन्द्रीय सम्मेलनको आयोजना गर्ने ।
५.जिल्ला कार्यसमितिले जिल्लामा स्थानीय अधिकारीबाट स्विकृति लिई(विधान पेश गरि) जिल्लामा बार्षिक कार्यक्रमहरु बनाई विचार गोष्ठी अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्ने ।
६.जिल्ला र प्रदेशको संगठन निर्माणका लागि संयोजकले नेतृत्वदायी भुमिका निर्वाह गरि संगठन परिचालन गर्ने । केन्द्रीय सम्मेलनका लागि २÷२ जना प्रतिनिधि चयन गरि खटाउने ।
७.स्थानीय स्तरमा कार्यहरु सञ्चालन गर्न श्रोतसाधनहरुको सक्दो ब्यवस्थापनका लागि वीपी विचारमा आवद्ध स्नीयक निकायका पदाधिकारीहरुसँग समन्वय गर्ने ।

nema
Show More

Related Articles

Back to top button