breakingसमाचारनेपाली कांग्रेस

तनहुँ कांग्रेसमा जोशीको शक्तिप्रदर्शन÷नेता पौडेललाई चुनौति दिँदै समानान्तर कार्यसमिति गठन

तनहुँ ÷नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीनिकट समूहले तनहुँमा समानान्तर कार्यसमिति घोषणा गरेको छ । सदरमुकाम दमौलीमा भेला भएका जोशीनिकट कार्यकर्ताले खुला मैदानमा मंगलवार(०७५ माघ ८ गते ) एक कार्यक्रम गरी समानान्तर कार्यसमिति घोषणा गरेका हुन् ।

जोशीकै उपस्थितिमा डिल्लीराम अधिकारीको नेतृत्वमा कार्यसमिति घोषणा भएको छ । अधिकारी यसअघि तत्कालिन क्षेत्र नम्बर ३ को कांग्रेस सभापति थिए । सचिवमा चिनु पोखरेल र कोषाध्यक्षमा बालकृष्ण पौडेलको नाम घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै नेता जोशीले आफूले नौजनाबाट जिल्लामा पार्टी संगठन थालेको भन्दै वर्तमान नेतृत्वको हैकमवादी नेतृत्वले पार्टी कमजोर बनेको आरोप लगाए ।

साथै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा एकलौटी गरेको भन्दै अब त्यसलाई ताड्ने जोशीले चेतावनी दिए ।

कार्यक्रममा जिल्लाका विभिन्न भागबाट कांग्रेसका कार्यकर्ता उपस्थित थिए । खुला मञ्चमा कार्यसमिति घोषणापछि पार्टी कार्यालय प्रवेश गर्न लागेको समूहलाई प्रहरीले रोकेको थियो । कार्यक्रममा सम्भावित झडपलाई रोक्नका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कांग्रेस जिल्ला कार्यसमितिले भने कार्यक्रम हुनुभन्दा दुई दिनअघि नै यो अधिवेशन अवैध भएको टिप्पणी गरिसकेका छन् । सभापति शेरबहादुर देउवा र महामन्त्री डा। शशांक कोईरालाले समेत पार्टीको विधानअनुसार नै असन्तुष्टि राखिनुपर्ने भन्दै जोशी समूहको भेलालाई अवैध भनेका थिए ।

पार्टी वरिष्ठ नेता पौडेल र पूर्व सहमहामन्त्री जोशी पक्षबीच लामो समयदेखि द्वन्द्व छ ।

nema
Show More

Related Articles

Back to top button