breakingसमाचारनेपाली कांग्रेस

सभापति देउवा कांग्रेसलाई नेतृत्व गर्न असफल भए ः नेता पशुपति बञ्जाडे

१८ माघ, काठमाडौैँ÷ नेपाली काँगे्रसका अग्रज नेता पशुपति बञ्जाडेले काँगे्रसलाई वीपी कोइरालाले अबलम्बन गरेको बाटोतीर अगाडि बढाउन आजको आवश्यकता भएको बताएका छन् ।

नेता बन्जाडेले स्वर्गिय बीपी कोइरालाले एकोहोरो नभई जनतासँग घुलमिल हुने समाजपरक राजनीति गरेको बताए । वीपीसँग लामो समय संगत गरेका उनले बीपीकोे राजनीति गर्ने शैली बर्तमान नेताहरुले अंगाल्नु पर्नेमा जोड दिए ।

रेडियोे अन्नपूर्ण नेपालको रेडियो कार्यक्रम मुलप्रवाहमा कुराकानी गदै बञ्जाडेले कांग्रेसले नीजीकरण र आर्थिक उदारताको नीति अपनाएपछि त्यसमा आफूहरु जस्ता नेताहरुले असंतुष्टि जनाएको सुनाए । विगतका कुराहरुलाई ध्यानमा राख्दै केन्द, प्रदेश तथा स्थानीय सरकारहरु अगाडि बढनुपर्नेमा उनले सुझाव दिए ।

nema
Show More

Related Articles

Back to top button