समाचार

एशियाली बौद्धिक अपांग महासंघको २४ औं सम्मेलन आउँदो डिसेम्बरमा काठमाडौंमा हुने

काठमाडौं, एशियाली बौद्धिक अपा¨ महासंघको २४ औं सम्मेलन आउदो डिसेम्बर २ देखि ६ सम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था,नेपालको शनिवार राजधानीमा सम्पन्न केन्द्रीय बार्षिक साधारण सभामा सम्मेलन डिसेम्बरमा आयोजना हुने घोषणा गरिएको हो ।

साधारण सभाको समुद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले सुस्तमनस्थितिका बालबालिका र नागरिकहरुको हेरचाह र व्यक्तित्व विकास अत्यन्तै महत्वपूर्ण र संवेदनशील विषय भएकोले यसमा अभिभावक र समाजसेवीहरुले गम्भीर ढंगले सोच्नुपर्ने बताए ।मानिसको मनमा चस्का पसेपछि त्यसबाट उम्किन कठिन हुने बताउदै पूर्वसचिव सचितानन्द श्रीवास्तवले परोपकारी संस्थामा आफूलाई आबद्ध गराउनुभएको उल्लेख गरेका हुन ।

एशियाली बौद्धिक अपाँग महासंघको २४ औं सम्मेलन आयोजक समितिका अध्यक्ष समेत रहेका देवकोटाले कुनै पनि क्षेत्रमा मुटु फुट्ने झै गरि भक्कानिएर काम गरेपछि मात्र उन्नति र प्रगति हुने धारणा राखे ।

संस्थाको आयोजना नेपालमा सम्पन्न स्पेसल ओलम्पिकले सुस्त मनस्थितिका बालबालिका र नागरिकहरुको व्यक्तित्व र प्रतिभा विकासमा योगदान दिएको प्रसंग कोट्याउदै उनीहरुको प्रतिभाको विकास हुने र आपसमा प्रतिस्पर्धा हुने कार्यक्रमहरु सञ्चालन गर्न पनि देवकोटाले आग्रह गरे ।

nema
Show More

Related Articles

Back to top button