breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसलाई वेवास्ता गदै सरकारले अघि बढायो संबैधानिक आयोगका अध्यक्षहरुको सनुवाई

काठमाडौं÷ सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया अगाडि बढाएको छ ।

आइतबार बसेको संसदीय सुनवाई समितिको बैठकले कांग्रेस सांसदहरुको अनुपस्थिति मै सुनवाई प्रक्रिया अगाडि बढाएको हो।

माघ ६ गते संबैधानिक परिषद्ले ५ वटा संबैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो। संबैधानिक परिषद्को उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए। देउवाको अनुपस्थितिमै सिफारिस गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

सिफारिस भएका अध्यक्षहरुको सुनवाईलाई कांग्रेस सांसदहरुले बहिष्कार गर्दै आएका छन्। यसअघिको बैठकमा असहमति पत्र जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको थियो। आजको बैठक पनि कांग्रेसले बहिष्कार गरेको छ।

बैठकमा प्रस्तावित अध्यक्षहरु विरुद्धको उजुरी खोलिएको छ। सात गते उजुरी कर्तासँग छलफल गर्ने समितिले जनाएको छ।

मुस्लिम आयोगका अध्यक्षमा सिफारिस भएका समिम मिया अन्सारीविरुद्ध मात्र उजुरी परेको छ। उक्त उजुरीमाथि छलफल हुनेछ। अन्सारीविरुद्ध शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै दुईवटा उजुरी परेको हो ।

nema
Show More

Related Articles

Back to top button