breakingसमाचारनेपाली कांग्रेस

कांग्रेस विधानको टुंगो कहिले लाग्ला ?

काठमाडौं, फागुन ८ । नेताहरुको आ—आफ्नै स्वार्थले मुर्त रुप लिँदै गर्दा नेपाली कांग्रेसको विधानले अन्तिमरुप पाउन सकेको छैन ।

महासमिति बैठकले पारित गरिसके पनि शीर्ष नेताहरुको स्वार्थ नमिल्दा विधानलाई अन्तिमरुप दिन ढिलाइ हुँदै जाँदा अन्योल सिर्जना भएको नेताहरुले बताएका छन् ।

गत पुसको पहिलो साता सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले अनुमोदन गरेको विधानलाई कांग्रेस केन्द्रीय समितिले अझै पारित गर्न नसकेको हो ।

विधान पारित गर्न पटक–पटक केन्द्रीय समितिको बैठक बसेपनि नेताहरुको स्वार्थ बाझिएपछि अन्योल हुँदै आएको छ ।

केन्द्रीय समितिमा सबै महाधिवेशन प्रतिनिधि तल्लो तहबाट चुनिने कि निश्चित व्यक्ति सीधै प्रतिनिधि बन्न पाउने भन्नेमा शीर्ष नेताहरुबीच नै मतभेद छ । यसले गर्दा पटक–पटक बसेको कांग्रेस केन्द्रीय समिति अनिर्णीत बन्दै आएको छ ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीको विधान र नेपाल विद्यार्थी संघको महाधिवेशनको विषय केही दिनभित्रै टुंगो लाग्ने बताए ।

केन्द्रीय सदस्यहरुले महाधिवेशन भएको तीन वर्ष पुग्नै लाग्दासमेत पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभागसमेत गठन गर्न नसकेको जोशीले आरोप लगाए ।

केन्द्रीय सदस्यहरुले प्रादेशिक संरचनामा पार्टीलाई रुपान्तरण गर्न नसकेको, स्थानीय तहमा पार्टी समितिको समायोजन प्रक्रिया अघि नबढेको र सरकारको गलत कार्यशैलीको विरोध नगरेको आरोप लगाएका छन् ।

कांग्रेसमा अझैपनि संस्थापन र संस्थापनइतरका समूहबीच आ–आफ्नो स्वार्थले काम गरेको देखिएको छ ।

सभापति देउवा आफू बलियो बन्ने कसरतमा छन् भने पौडेल पक्ष त्यसको प्रतिरक्षामा छ ।

nema
Show More

Related Articles

Back to top button