समाचारनेपाली कांग्रेस

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, नेविसंघ तदर्थ समिति गठनबारे छलफल ।

काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । नेविसंघ विघटन भएपछि तदर्थ समिति गठनका विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि माउ पार्टी कांग्रेसले तदर्थ समिति गठनको तयारी गरेको छ । समिति गठन गर्दा ३२ वर्षे उमेर हद राख्ने कि नराख्ने भन्ने विषयमा विवाद रहेको छ ।
नेताहरुबीच स्वार्थ बाझिएपछि कांग्रेसको विधानले अन्तिम रुप पाउन सकेको छैन । महासमिति बैठकले पारित गरिसके पनि शीर्ष नेताहरुको स्वार्थ नमिल्दा विधानलाई अन्तिम रुप दिन ढिलाइ भइरहेको छ । यस विषयमा पनि बिहिवारको बैठकमा छलफल हुने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button