breakingसमाचारनेपाली कांग्रेस

निर्मलाका परिवारलाई काँगे्रस सभापति देउवाले भेटे, न्याय दिलाई छाड्ने आश्वासन

कञ्चनपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँग भेट गरेका छन् । सभापति देउवा शुक्रबार निर्मला निवास कंचनपुर पुगेर परिवारसँग कुराकानी गरेका हुन् ।

भेटमा देउवाले निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै नभइ लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व रहेको बताए ।

यसअघि कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार पछि हत्याका अभियुक्तलाई पक्राउ गर्न नसकेको विरोधमा प्रदर्शन गरेको थियो । निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाहीको माग सहित १६ वटा मुद्दा उठाउदै कांग्रेसले देशभर प्रदर्शन गरेको हो । कांग्रेसले निर्मला पन्तको हत्या विरोधमा आन्दोलन चर्काउने बताउदै आएको छ ।

स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । उनको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो ।

nema
Show More

Related Articles

Back to top button