breakingसमाचारनेपाली कांग्रेस

५६ जिल्लाका सभापतिहरु नेपाली काँगे्रसका सभापति देउवा विरुद्ध एकजुट

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध ५६ जिल्लाका सभापतिहरु असन्तुष्ट भएका छन् । महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएपछि ५६ जिल्लाका सभापतिहरु आक्रोषित भएका हुन् ।

कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अबसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता ब्यक्त गरेका थिए ।

महासमिति भन्दा ठुलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतस्उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण रहेको सभापतिहरुले बताएका छन् ।

उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको दर्ता नम्बर ९३ महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद भएको जिल्ला सभापतिहरुल्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौ । सभापति देउवाको विरुद्धमा हस्ताक्षर गर्ने जिल्ला सभापतिहरुमा….

प्रदेश : १

१) लिला देवी बोखिम — ताप्लेजुंग

२) नरेन्द्र कुमार केरुङ्ग — पांचथर

3) हिमालय कर्माचार्य — ईलाम

४) उद्धव थापा — झापा

५) गोविन्द ढुंगाना — तेह्रथुम

६) नन्दमणि राई — भोजपुर

७) नरेश कुमार श्रेष्ठ — खोटांग

८) बिनोद बस्नेत — सोलुखुम्बु

९) राजिब कोइराला — सुनसरी

१0) डिग बहादुर लिम्बु — मोरंग

११) बिदुर बस्नेत — गाईघाट

१२) दिपेन कुमार श्रेष्ठ _ संखुवासभा

प्रदेश  २

१) कृष्ण देव यादव — रौतहट

२) अजय दुवेदी — पर्सा

प्रदेश  ३

१) उज्जल बराल — सिन्धुली

२) मधु आचार्य — काभ्रे

३) लवश्री न्यौपाने — रामेछाप

४) बिकाश लामा — सिन्धुपाल्चोक

५) जगदीश नरसिंह केसी — नुवाकोट

६) दुर्लभ थापा — भक्तपुर ७

) सबुज बानिया — काठमाडौँ

८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा

९) रमेश धमला — धादिंग

१0) जित नारायण श्रेष्ठ — चितवन

प्रदेश ४

१) बैकुण्ठ न्यौपाने — तनहुँ

२) कृष्ण केसी —कास्की

३) खम्ब गर्बुजा —म्याग्दी

४) यङ्गजीङ्ग बिष्ट —मुस्तांग

५) कुमार राणा —स्याङजा

६) बिष्णु प्रसाद लामिछाने —नवलपुर

७) भेष बहादुर पौडेल —लम्जुङ्ग

८) हरि ब घले —गोरखा

प्रदेश ५

१) अर्जुन पोखरेल —परासी

२) बिर बहादुर राणा —पाल्पा

३) भुवन श्रेष्ठ —गुल्मी

४) बिष्णु प्रसाद खनाल(मुश्कान_ —अर्घाखाची

५) सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु

६) अम्मर प्रसाद भण्डारी — प्युठान

७) अमर सिंह पून —रोल्पा

८) केशर मान रोका —पूर्व रुकुम

९) किरण कोइराला —बाँके

१0) संजय गौतम — बर्दिया

प्रदेश ६

१) खड्ग बहादुर शाही — मुगु

२) दिप बहादुर शाही —जुम्ला

३) हर्ष बहादुर बम —कालिकोट

४) कृष्ण कुमार बिसी — दैलेख

५) कमल राज रेग्मी —सुर्खेत

६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम

७) गणेश बहादुर चन्द —सल्यान

८) दिपक जंग शाही —जाजरकोट

९) जयपति रोकाया —हुम्ला

१0) अंगत बुढा —डोल्पा

प्रदेश  ७

१) कर्ण बहादुर मल्ल —डडेल्धुरा

२) ललितसिंह बोहरा —दार्चुला

३) नरेन्द्र सिंह थापा —बैतडी

४) हर्क जंग बहादुर सिंह —बझांङ्ग

nema
Show More

Related Articles

Back to top button