समाचार

सरकार र डा. सिके राउतबीच ११ बूँदे सहमति

काठमाडौैँ÷ सरकार र मधेशलाई छुट्टै अलग राज्य बनाउने अभियानमा जुटेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले शुक्रबार काठमाडौंमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिमा गठबन्धनले मुलुकको अखण्डतालाई स्वीकार गरेको छ भने सरकारले गठबन्धनका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने तथा जेलमा रहेका उनीहरूका नेता, कार्यकर्तालाई रिहा गर्ने भएको छ। त्यसैगरी, गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपाल अभिभाज्य राष्ट्र हो भनेर स्विकार गरेको छ। तराई मधेशमा देखिएको असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने पनि दुई पक्षबीच हस्ताक्षर गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ। सहमति अनुसार हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवका परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति र परिवारका एक जना सदस्यलाई रोजगारी दिने पनि उल्लेख गरिएको छ। स्वतन्त्र मधेश गठबन्धनको आन्दोलनको क्रममा घाइते भएकाहरूको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने पनि सहमति भएको छ।
सहमतिपत्र यस्तो छ ।

nema
Show More

Related Articles

Back to top button