समाचार

मकवानपुरमा जन्तीबस दुर्घटना, दुईको ज्यान गयो, २८ घाइते

मकवानपुर÷ कान्ति लोकपथ अन्तरगत काठमाडौँ–हेटौँडा सडकखण्डको मकवानपुर गढीस्थित शिखरकटेरीमा मंगलबार दिउँसो जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भक्तपुरबाट हेटौँडा जाँदै गरेको बा४ख२२१७ नम्बरको जन्तीबस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेहरुमा नुवाकोट जिल्लाका २१ वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियार रहेका छन् । उक्त बस दुर्घटनामा अन्य २८ जना जन्ती घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अहिले हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरबाट बेहुलासहित जन्ती लिएर आएका तीनवटा मध्ये एउटा बस दुर्घटनामा परेको हो ।

nema
Show More

Related Articles

Back to top button