अन्तर्वार्ता

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ जमानतमा रिहा

१४ चैत÷ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ जमानतमा रिहा भएका छन । सुप्रिम कोर्टबाट जमानत पाएपछि शरीफलाई जेलबाट रिहा गरिएको हो । सुप्रिम कोर्टले मेडिकलका आधारमा छ हप्ताका लागि उनको जमानत स्वीकार गरेको छ ।

गत डिसेम्बरबाट ६९ वर्षिय नवाज शरीफ लाहौरको कोट लखपत जेलमा कैदी जीवन विताइरहेका थिए । उनलाई अल–अजीजिया स्टील मिल भ्रष्टाचार मामिलामा सात वर्षको कैद सजाय सुनाइएको थियो । पाकिस्तान मुस्लिम लीग– नवाजका प्रमुख शरीफ आफूलाई निर्दोष भएको दाबी गरेका छन् ।

पाकिस्तानका मुख्य न्यायाधीश आसिफ सईद खोसाको अध्यक्षतामा रहेको तीन न्यायाधीशको बेञ्जले शरीफको रिट स्वीकार गर्दै उनलाई देशभित्रै मन परेको अस्पतालमा उपचार गर्न इजाजत दिएको थियो । उनीमाथि पाकिस्तान छोडेर बाहिरी मुलुक जान लगाइएको प्रतिवन्ध भने यथावत नै छ ।

nema
Show More

Related Articles

Back to top button