अन्तर्वार्ता

एसईई प्रश्नपत्र बाहिरिएको प्रकरणमा सिआईबीले अनुसन्धान गर्ने

काठमाडौं÷ प्रदेश नम्बर— २ मा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) छानबिन गर्ने भएको छ ।

शुक्रबार बसेको एसईई परीक्षा सुरक्षा समितिको बैठकले प्रश्नपत्र बाहिरिएको विषय छानबिनको जिम्मा सिआईबीलाई दिने निर्णय गरेको हो।

गोप्य ढंगले राखिएको प्रश्नपत्र परीक्षा हुनुभन्दा केही मिनेट अघिमात्र खोल्नुपर्ने भए पनि अघिल्लै दिन विद्यार्थीको हातहातमा परेपछि शुक्रबार आकस्मिक रुपमा सुरक्षा समितिको बैठक बसेको हो।

बैठकले ७७ जिल्लाकै परीक्षा केन्द्रको अनुगमन गरेर प्रश्नपत्रको अवस्थाबारे चार घण्टामा रिपोर्ट पठाउन निर्देशनसमेत दिएको छ। अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा दुवै दिनको एसईई परीक्षा रद्ध गरिएको छ। प्रश्नपत्र बाहिरिएलगत्तै दुई दिनको एसईई परीक्षा रद्ध भएपछि विद्यार्थीले प्रदेश २ का सबै जिल्लामा आन्दोलन चर्काएका छन्।

nema
Show More

Related Articles

Back to top button