समाचारनेपाली कांग्रेस

नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने काँगे्रस उपसभापति विमलेन्द्र निधिको दाबी

चितवन÷ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने दाबी गरेका छन्। शुक्रबार नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन ।

पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने अभिव्यक्ति राखेका छन् नि भन्ने पत्रकारहरुको प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको बताए ।

लगानी सम्मेलन नेपाली काङ्ग्रेसकै नेतृत्वमा शुरु भएको भन्दै उपसभापति निधिले लगानी सम्मेलन सफल पार्नुपर्ने बताए।

nema
Show More

Related Articles

Back to top button