breakingसमाचारनेपाली कांग्रेस

सवै तहका कार्यकर्तालाई उद्दारमा खटिन कांग्रेस महामन्त्री कोइरालाको आग्रह

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी विपतीबाट आफू र नेपाली कांग्रेस पार्टी मर्माहत भएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा।कोइरालाले बारा–पर्सामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।


घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी, कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सबैप्रति महामन्त्री कोइरालाले धन्यावाद ज्ञापन समेत गरेका छन्। विपतीको यस घडीमा तेरो र मेरो केही पनि नभनेर पीडितहरूको उद्धार र राहतमा ध्यान दिन सबैमा कांग्रेसका महामन्त्री डा। कोइरालाले अपील गरेका छन् ।

डा। कोइरालाले नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धारमा खटिन अपील गरेका छन् । उनले घाइतेहरूको उपचारमा सक्रिय हुन आग्रह गर्दै रगत अभाव भएका अस्पतालमा पुगेर रक्तदान गर्न आग्रह गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button