समाचारसमाज

रेलमार्गको सबस्टेशन बन्ने भएपछि स्थानीय चिन्तित

२१ चैत, रौतहट÷ रौतहटको चन्द्रपुर नगरपालिका–८ मा वस्ती हटाएर रेलमार्गको सबस्टेशन बन्ने भएपछि त्यहाँका स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

पूर्वाधारको विकास भएको घनाबस्ती नै विस्थापित गर्नुभन्दा खाली स्थानमा विकल्प खोज्जुपर्ने स्थानीयको माग छ ।

मेची महाकाली विद्युतीय रेलमार्गको शवस्टेसन बन्ने भएपछि रौतहटको चन्द्रपुर ८ का स्थानीयवासी आफूहरुलाई सुकुम्बासी बनाउन खोजेको भन्दै विरोधमा उत्रिएका हुन ।

सदिंयौंदेखि स्थापना भएका मोतीपुर, डाँडाबारी, मुसहर र हातीसारका बस्तीलाई रेलमार्गको शवस्टेशन बनाउन जग्गा अधिग्रहणको सूचना प्रकाशित भएपछि स्थानीय आक्रोशित बनेका छन् ।

५ सय ५१ घरधुरी रहेको उक्त क्षेत्रमा १ सय २० बिगाह जमिन रहेको छ । बस्तीमा आधारभुत विकासका पूर्वाधार पनि निर्माण भएका हुँदा विकासका नाममा अर्को विध्वंश गर्न नहुने उनीहरुको भनाई छ ।

चन्द्रपुर नगरपालिकाका वडा नम्बर पाँचका अध्यक्ष सञ्जय काफलेले घनाबस्ती नै विस्थापित गर्नुको सट्टा खाली स्थानमा स्थानमा सबस्टेशन बनाउनुपर्नेमा जोड दिएका छन् ।

nema
Show More

Related Articles

Back to top button