breakingसमाचारनेपाली कांग्रेस

कांग्रेस नेता जोशीको अडान ः ‘संगठनमा आजिवन लागिरहने छु’

२५ चैत काठमाडौैँ÷ नेपाली काँगे्रस क्षेत्र नंवर १ तनहुँको क्षेत्रीय बैठक क्षेत्रीय सभापति भिमबहादुर अधिकारीको अध्यक्षतामा सोमवार सम्पन्न भएको छ । तनहुँको दमौलीमा भएको बैठकमा नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई बलियो बनाउन देशमा नेपाली काँगे्रस बाहेक अरुको बिकल्प नरहेको बताए । तर वर्तमान काँगे्रस नेत्रित्वले वीपीको विचारलाई भन्दा सत्तालाई प्राथमिकता दिँदा काँगे्रस कमजोर हुन पुगेको उल्लेख गरे ।
तनहुँको सन्दर्भलाई कोट्याउँदै नेता जोशीले ६५ प्रतिशत जनजाती भएको जिल्लामा महिला, दलित, र जनजातीलाई पूर्ण रुपमा उपेक्षा गर्नु टिकट वितरणमा भएको ठूलो गैह«जिम्मेवारी भएको प्रष्ट पारे । जनचाहाना विपरित टिकट लिएर उमेद्वारहरुले आफू जितेर हिरो हुने र अरुलाई हराउने गैह«जिम्मेवार कार्य गरेर काँगे्रसको किल्ला तनहुँ जिल्लालाई सुन्यमा पु¥याएको नेता जोशीको दाबी छ ।
बैकुण्ठ न्यौपानेको नेत्रित्वमा रहेको तनहुँ काँगे्रसले जिल्लाको कुनै पनि क्षेत्रमा आफ्ना उमेदवारले जित्न नसक्दा पनि नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा अझ इमान्दार, नैतिकवान, क्रियाशिल कार्यकर्ताहरुलाई कारवाहीको धम्की दिँदै पार्टीलाई धरासायी बनाउन लागेकोले पार्टीको विधान बमोजिम विशेष अधिवेशन गरि पार्टी संगठनमा निरन्तर लागिपरेको नेता जोशीले स्पष्ट पारे ।
पार्टीका दशौैँ हजार कार्यकर्ताहरुले आफूमाथि अन्याय भयो भनेर आवाज उठाएकाले ‘आफूलाई पार्टीको केन्द्रीय नेत्रित्वले न्याय गर्नेछ’ भन्नेमा विश्वास रहेको नेता जोशीले बताए । प्रजातन्त्र प्राप्तीका लागि आफ्नो ३ पुस्ता जेलमा परेको स्मरण गदै नेता जोशीले नेपाली काँगे्रसको संगठनमा आजिवन लागिरहने प्रण समेत गरे ।
सोही कार्यक्रममा नेपाली काँगे्रस तनहुँका सभापति डिल्लीराम अधिकारीले काँगे्रसलाई जिवन्त राख्न पार्टीका नेता तथा कार्यकर्ताहरु एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । नेता पौडेलको दम्भले तनहुँ काँग्रेसलाई ठूलो क्षति भएको बताउँदै तनहुँको विकास र पार्टीको संगठनको लागि नेता गोविन्दराज जोशीको विकल्प नभएको उनले जिकिर गरे ।
क्षेत्रीय उपसभापति प्रितम गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रममा जिल्ला उपसभापति सुकुनलाल गुरुङ, सचिव चिनु पोखरेल, प्रवक्ता हरीशरण पण्डित, सदस्यहरु परशुराम गिरी, खोजबहादुर गुरुङ, नरनाथ काफ्ले लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव राजु बानियाँले सञ्चालन गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button