समाचार

सरकारी चिकित्सकहरुको आन्दोलन ः बिरामीहरु मर्कामा

२७ चैत, काठमाडौैँ÷ समायोजन प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि ६ दिनदेखि देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरु मर्कामा परेका छन् ।
 
सरकारी सेवा ठप्प हुँदा बिरामीहरु महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन् । ६ दिनदेखि अस्पतालको सेवा ठप्प हुँदा पनि सरकारले आन्दोलनरत चिकित्सकहरुसँग वार्ताको पहल गर्न सकेको छैन । समायोजनमा असन्तुष्टि जनाउँदै करिब ४ महिनादेखि आन्दोनरत सरकारी चिकित्सकले आफूहरुको माग पुरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका छन । तर, सरकार भने सरकारी चिकित्सकले राजीनामा बुझाए पनि खाली ठाउँ भर्न समस्या नहुने बताउँदै आएको छ ।

nema
Show More

Related Articles

Back to top button