breakingसमाचारनेपाली कांग्रेस

उपनिर्वाचनमा केन्द्रित हुन कास्कीका कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

पोखरा, चैत २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्की क्षेत्र नम्वर २ को उपनिर्वाचनमा केन्द्रित हुन कार्यकतालाई निर्देशन दिएका छन् ।
नेपाल महिला संघ कास्कीले शुक्रबार नयाँ वर्ष २०७६ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुट, उपगुट र अन्तर्घात अन्त्य गरी उपनिर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रमा पदपूर्ति हुँदैछ ।
सभापति देउवाले उपनिर्वाचन कांग्रेसलाई जिताएमा एकताको सन्देश देशव्यापी जाने हुँदा पार्टी एकताको सन्देश कास्कीबाट शुरु गर्न आग्रह गरे । उनले विभिन्न गुट, उपगुट र घात प्रतिघातका कारण पराजय भोग्नु परेकाले पार्टी कमजोर बनेको दाबी गरे ।
सोहि कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको १० महिनाभित्र १४ औं महाधिवेशन नभए कांग्रेसलाई गम्भीर धक्का लाग्ने चेतावनी दिएका छन ।
पौडेलले वर्तमान सरकारले कम्युनिष्टको रातो झण्डा ओढेजति सबैलाई भ्रष्टाचारमा छुट दिएको आरोप लगाए । नेकपा महासचिव विष्णु पौडेल भूमाफियाबाट ठगिएको भनेर सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले भन्नु पनि त्यसैको एउटा रुप भएको उनको टिप्पणी थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button