breakingसमाचारनेपाली कांग्रेस

वर्तमान सरकारले जग हँसाउने कार्य ग¥यो ः कांग्रेस सभापति देउवा

आइतबार, १ बैशाख, २०७६÷ सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको प्रमुख प्रतिपक्षी नेपाली काँगे्रसका सभापति शेर बहादुर देउवाले आरोप लगाएका छन ।
नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा आयोजित एक कार्यक्रममा देउवाले सो कुरा बताएका हुन ।
दुई तिहाई सरकार हत्या हिंसा जस्ता जंघन्य अपराधिक कृयाकलापमा रहेकालाई कानुनको दायरामा नल्याएर जग हसाँउने कार्य गरिरहेको पूर्वप्रधानमन्त्री देउवाले आरोप लगाए ।
सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिंको नभाँच्ने प्रबृत्तिमा अहिलेको सरकारमा रहेको बताए ।
संसदमा प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेसको उपस्थिति नभएको एक अर्को प्रश्नमा देउवाले दुई तिहाईकै सरकारमा रहेकाहरुले प्रतिपक्षको भुमिका खेलिरहेको भन्दै यो सरकारको आयु धेरै नरहेको दाबी गरे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button