समाचारविश्व

आइएसले युरोपमा भिषण आक्रमणको तयारी गरेको खुलासा

२ बैशाख÷ इस्लामिक स्टेट (आईएस) ले युरोपमा भिषण आक्रमणको तयारी गरिरहेको खुलासा भएको छ । चार वर्षअघि फ्रान्सको राजधानी पेरिसमा गरिएको आक्रमण जस्तै आक्रमण आईएसले फेरि गर्ने तयारी गरेको एक बेलायती अखबारले उल्लेख गरेको हो ।
नोभेम्बर २०१५ मा पेरिसमा सांगितिक कार्यक्रम, रंगशाला, बारलगायतमा सँगसँगै भएको आक्रमणमा १ सय ३० जनाको मृत्यु भएको थियो । आईएसले सोही प्रकृतिको आक्रमणको तयारी गरिरहेको द सण्डे टाइम्सले जनाएको छ ।
समाचारअनुसार यसै वर्षको सुरुवातमा सिरियामा भएको आक्रमणका क्रममा आईएसका एक सदस्यबाट बरामद भएको हार्ड ड्राइभमा युरोप आक्रमणको तयारीका दस्ताबजेहरु फेला पारिएको छ ।
दस्ताबेजमा आईएसका नेता अबु बकर अल बगदादी र दोस्रो नम्बरका नेतालाई सम्बोधन गरिएको पत्र भेटिएको छ । आइएस लडाकुका कमाण्डरहरुले आक्रमणको तयारी अवस्थाबारे जानकारी लेखेको उल्लेख गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button