समाचारनेपाली कांग्रेस

नेपाल विद्यार्थी संघको स्थापना दिवसमा विभिन्न कार्यक्रम

६ बैशाख, काठमाडौैँ÷ नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शुक्रबार स्थापना दिवश मनाएको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा अवसरमा नेविसंघले देशभरका विश्वविद्यालयहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो । नेविसङ्घका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाएका छन्् । नेविसङ्घको केन्द्रीय समिति नभएको वर्तमान अवस्थामा विभिन्न जिल्ला र क्याम्पस समितिको आयोजनामा स्थापना दिवस मनाउन लागिएको हो ।

nema
Show More

Related Articles

Back to top button